मङ्गन, 25 सेप्टेम्बर (हि.स.)। स्वच्छता ही सेवा अभियान 2025 अन्तर्गत आज श्रमदान दिवसको उपलक्ष्यमा मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा व्यापक सफाई अभियान आयोजन गरियो। श्रमदान दिवस मुख्यमन्त्री प्रेमसिंह तामाङले 19 सेप्टेम्बर, 2025 मा राज्यस्तरीय अभियानको सुरुवातको क्रममा जारी गरेको निर्देशनको एक भाग हो।
यस पहल अन्तर्गत आज बिहान 8 बजीदेखि बिहान 9 बजीसम्म जिल्लाका सबै सरकारी प्रतिष्ठानहरूमा श्रमदान दिवस पालन गरियो। ग्रामीण प्रबन्धन विकास विभागले आयोजना गरेको यस सफाई अभियानमा मङ्गनका एडीएम पेमा वाङ्चुक नामकर्पा, एडीसी सोनाम रिन्छेन लेप्चा, एसडीएम सन्दिप कुमार तथा डीएसीका विभागीय प्रमुखहरू र कर्मचारीहरू सहभागी बने।
यस अवधि सरसफाई लक्षित एकाइहरूको रूपान्तरण, सार्वजनिक स्थलहरूको सफाई, सफाई सुरक्षा शिविर, क्लीन ग्रीन उत्सव र वकालत गतिविधिहरूमाथि ध्यान केन्द्रित गरिएको थियो।
जिल्लामा सबै सरकारी कार्यालयहरूका साथै खण्ड विकास कार्यालयहरू, सरकारी विद्यालयहरू, सामुदायिक स्वास्थ्य केन्द्रहरू, प्राथमिक स्वास्थ्य केन्द्रहरू र ग्राम पञ्चायत एकाईहरूमा श्रमदान दिवस पालन गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल