नदियामा दुर्गा पूजा पूर्व प्रशासन कठोर, मिसावटी खाद्य पदार्थहरूमाथि कड़ा नजर
नदियामा दुर्गा पूजा पूर्व प्रशासन कठोर, मिसावटी खाद्य पदार्थहरूमाथि कड़ा नजर


नदिया, 25 सेप्टेम्बर (हि.स.)। माँ उमाको आगमनसितै नदिया जिल्ला उत्सवहरूको रंगमा रंगिएको छ। हरेक गल्लीहरूमा पण्डालहरूको प्रकाश, नयाँ कपड़ा, प्रतिमा दर्शन तथा सड़क एवं रेस्टोरेन्टहरूमा पेटपूजा मिलेर दुर्गा पूजाको खुशीलाई अझ विशेष बनाइरहेको छ। चप, कटलेट, चाउमिन, मुगलई, फुचका, कबाब मानौं पर्वको अंग नै बनिसकेको छ। तर यी खुशीहरूबीच मिसावटी तथा असुरक्षित भोजनको खतरा पनि रहन्छ।

विशेषज्ञहरू अनुसार पूजाको अवसरमा खानपानको माग कैयौं गुणा बढ़्छ। यसैको फाइदा उठाएर केही होटल तथा अस्थायी पसलेहरूले बारम्बार एउटै तेल प्रयोग गरी खानेकुराहरू तार्ने गर्दछन्। सड़क किनार खुल्लामा चाउमिन, रोल र मुगलई बनाउँछ जसमा धूलो-माटो मिसिन्छ। स्वाद र सुगन्धलाई बढ़ाउनको लागि विभिन्न केमिकल पनि मिसाइन्छ। भीड़ अनि उत्साहमा मानिसहरूले नसोची-नबुझी खानेकुराहरू किनेर खाने गर्दछन् जसबाट स्वास्थ्यमाथि गम्भीर प्रभाव पर्छ।

यस स्थितिलाई ध्यानमा राख्दै यसपालि नदिया जिल्ला प्रशासन अनि खाद्य सुरक्षा विभाग सक्रिय भएको छ। तय गरिएको छ, पूजा अवधि सामान्य समयभन्दा अधिक छापामारी हुनेछ। होटल तथा रेस्टोरेन्टहरूमा खानेकुराको गुणस्तर जाँच गरिनेछ। आवश्यकता परे नमूना संकलन गरेर प्रयोगशालामा पठाइनेछ। ठूल्ठूला होटलहरू मात्र नभएर पण्डाल सामु राखिएको ठेला वा स्टललाई पनि नियन्त्रण गरिनेछ। उनीहरूलाई केही अनिवार्य निर्देश दिइनेछ जसलाई पालन नगरिएसम्म उनीहरूलाई खानेकुरा बेच्ने अनुमति दिइनेछैन।

खाद्य सुरक्षा विभागका अधिकारी सचिन सुरवाडेले भने, कहा, “हाम्रो उदेश्य हो चाड़-पर्वको समयमा मानिसहरूले सुरक्षित भोजन सेवन गर्न सकुन्। हाम्रो निगरानी यसमाथि रहनेछ कि भीड़ तथा चहल-पहलबीट कसैले पनि निम्न स्तरको तथा मिसावटी भोजन बेच्न नसकोस्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande