गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान राजधानीको रिज पार्कमा झण्डा हल्लाएर नमो म्याराथनको शुभारम्भ गरे। नमो म्याराथनको आयोजना सेवा पखवाडा अन्तर्गत आयोजना गरिएको थियो।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, यो आयोजनले केवल फिटनेस र एकताको भावना मात्र मनाउॅंदैन, तर समाजप्रति सेवा, समर्पण र सामूहिक जिम्मेवारीका मूल्यहरूलाई पनि दर्साउॅंछ।
मुख्यमन्त्रीले यस अवसरलाई अविस्मरणीय बनाउन सबै क्षेत्रका मानिसहरूको उत्साहजनक सहभागिता देख्न पाउनु साँच्चै प्रेरणादायी थियो भनी उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल