कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। दक्षिण कोलकाताको कसबास्थित साउथ कोलकाता ल कलेज (न्यू क्याम्पस) जहाँ गत जून महिनामा एकजना छात्रासित दुष्कर्म भएको थियो, -को प्रवेश प्रक्रियामा ठूलो गड़बड़ी हुँदै आएको खुलासा भएको छ। कलकत्ता विश्वविद्यालयको जाँच समितिको प्रारम्भिक रिपोर्टमा संकेत पाइएको छ, आरोपी मनोजीत मिश्राको यस प्रवेश प्रक्रियामा सोझो सम्बन्ध रहेको हुनसक्छ।
सूत्र अनुसार विश्वविद्यालयको जाँच समितिले पाएको छ, कलेजमा स्वीकृत रिक्त सीटहरूभन्दा अधिकलाई प्रवेश दिइएको छ। जाँचमा यस्ता धेरैवटा आवेदन पत्रहरू भेटियो जसमा प्रवेश पर्यवेक्षकहरूको हस्ताक्षर थिएन। नियमहरू अनुसार यस्तो प्रवेशलाई वैध मानिँदैन तथापि यी विद्यार्थीहरूलाई नियमित छात्रहरूको सूचीमा सामेल गरियो।
कलकत्ता विश्वविद्यालयको समितिले पछिल्लो 12 वर्षमा भएको प्रथम वर्षका सबै प्रवेशहरूसित सम्बन्धित विस्तृत दस्तावेज संग्रह गरेको छ जसको हाल जाँच भइरहेको छ। जाँच अवधि समितिले कसबा ल कलेजका केही कर्मचारीहरूसित पनि जाँचबुझ गऱ्यो। यसै प्रक्रियामा मनोजीत मिश्राको नाम प्रमुख रूपमा अगाड़ि आएको छ। समितिले यस मामिलालाई लिएर अझ गहिराइपूर्वक जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा