जुबिन गर्गको मृत्युको जाँचको लागि नौ सदस्यीय एसआईटी गठित
जुबिन गर्गको मृत्युको जाँचको लागि नौ सदस्यीय एसआईटी गठित


गुवाहाटी (असम), 25 सेप्टेम्बर (हि.स.)। संगीत जगतका आइकन जुबिन गर्गको मृत्युको जाँचको लागि गठित विशेष जाँच दल (एसआईटी)-मा अब दशको सट्टा नौजना सदस्य सामेल रहनेछन्। असम पुलिस महानिदेशकले संशोधित सूची जारी गरेको छ जसमा नगाउँकी डीएसपी परिमिता सरकारको नामलाई हटाइएको छ।

परिमिता सरकार जो सन्दीपन गर्गकी निकटवर्ती तथा पूर्व सहपाठी रहेको बताइन्छ,- लाई सामेल गरेकोमा व्यापक आलोचना भएको थियो। सन्दीपन गर्गको मृत्यु पनि जुबिन गर्गकै मृत्यु भएको समयमा भएको थियो। त्यसैले विरोध अनि तीव्र प्रतिक्रिया पश्चात उनको नामलाई सूचीबाट हटाइएको हो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पहिला दश सदस्यीय एसआईटी गठन गर्ने घोषणा गरेका थिए ताकि जुबिन गर्गको मृत्युको परिस्थितिको गहन जाँच गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande