कोलकाताको प्रसिद्ध कालीघाट मन्दिरमा गृहमन्त्री अमित शाहले गरे पूजा
कोलकाताको प्रसिद्ध कालीघाट मन्दिरमा गृहमन्त्री अमित शाहले गरे पूजा


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा दुर्गा पूजाको उत्साहबीच केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार सन्तोष मित्रा स्क्वायर दुर्गा पूजा पण्डालको उद्घाटन गरेपछि कालीघाटस्थित प्रसिद्ध काली मन्दिरमा पूजा अर्चना गरे। शाहले काली माताको आशीर्वाद लिए र मन्दिरका पुरोहितहरूले वैदिक मन्त्रोच्चार र पारम्परिक विधि विधानसॅंग विशेष पूजा सम्पन्न गराए।

अमित शाहको यस भ्रमणलाई नवरात्रिको अवसरमा विशेष महत्व दिइएको छ। पूजाको क्रममा उनले देश र बंगालको समृद्धि र शान्तिको कामना गरे। भाजपा नेताहरू अनुसार, नवरात्रिको यस शुभ अवसरमा शाहको कालीघाट मन्दिर आगमन धार्मिक भावनाहरूसॅंग जोडिनुका साथै बंगालको सांस्कृतिक धारालाई सम्मान दिने सन्देश पनि हो।

मन्दिरमा सुरक्षाको कडा व्यवस्था गरिएको थियो र केन्द्रिय बलहरूका साथै स्थानीय पुलिसले पनि मन्दिर परिसरमा घेरा हालेको थियो। शाहको आगमनमा मन्दिर छेउछाउ ठूलो संख्यामा भाजपा कार्यकर्ता र स्थानीय मानिसहरू उपस्थित थिए।

उल्लेखनीय छ, नवरात्रिको यस पावन पर्वमा बंगालका जनतामा धार्मिक आस्था आफ्नो चरममा हुन्छ। यस्तो समयमा अमित शाहद्वारा काली माताको दरबारमा आगमनलाई राजनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिॅंदैछ, विशेष रूपमा जब राज्यमा विधानसभा चुनाउ नजिक आइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande