पटना, 26 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार बिहारको महत्वाकांक्षी मुख्यमन्त्री महिला रोजगार योजनाको शुभारम्भ गरे। यस योजना अन्तर्गत बिहारका 75 लाख महिलाहरूको ब्याङ्क खातामा 10-10 हजार रूपियाँको राशि अर्थात् कूल 7,500 करोड़ रूपियाँ सीधा हस्तान्तरित गरियो। उनले भऩे, उनको सरकारले महिलाहरूको सपनाहरूलाई साकार गर्न र उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले सशक्त बनाउनलाई लिएर संकल्पबद्ध भएर काम गरिरहेको छ।
भीडियो कन्फ्रेन्सिङको माध्यमले योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, नवरात्रिको पावन दिनहरूमा उनलाई बिहारको नारी शक्तिको साथ उनीहरूको खुशीमा सामेल हुने अवसर प्राप्त भएको छ। उनले महिलाहरूलाई सम्बोधित गर्दै भने, भाईलाई तब खुशी लाग्छ जब उसकी बहिनी स्वस्थ, सुखी र आत्मनिर्भर हुन्छिन्। यही भावनाहरूले उनी र मुख्यमन्त्री नीतिश कुमारलाई महिलाहरूको हितामा योजनाहरू ल्याउनका लागि प्रेरित गर्दछ। आज तपाईका दुई भाई-नरेन्द्र र नीतिश- दुवैले मिलेर तपाईको सेवा, तपाईको समृद्धि र तपाईको स्वाभिमानको निम्ति काम गरिरहेका छन्। मुख्यमन्त्री महिला रोजगार योजना पनि यसैको उदाहरण हो। हरेक परिवारकी एक महिलाले यसको लाभ अवश्य पाउनेछिन्।
प्रधानमन्त्री मोदीले यस अवसरमा कांग्रेस र राष्ट्रिय जनता दल (राजद) माथि चर्को प्रहार गरे। उनले भने, पहिलेका सरकारहरूमा भ्रष्टाचार यति गहिरो थियो कि दिल्लीबाट पठाइएको एक रूपियाँपनि पूरा लाभार्थीसम्म पुग्थेन। उनले याद दिलाए, एक पूर्व प्रधानमन्त्रीले भन्नेगर्थे कि दिल्लीबाट यदि एक रूपियाँ पठाइन्छ भने केवल 15 पैसा नै जनतासम्म पुग्छ बाकी 85 पैसा हजम गरिन्छ। तर आज जुन 10-10 हजार रूपियाँ तपाईको खातामा पठाइएको छ, त्यसलाई कसैले लुट्न सक्दैन। उनले भने, राजदको शासनकालमा अराजकता, नक्सली हिंसा र भ्रष्टाचारको सबैभऩ्दा ठूलो मार बिहारका महिलाहरूलाई झेल्नुपऱ्यो। त्यो दिन याद गर्नुहोस् जब बिहारका सड़कहरू भत्केका थिए, पुल-कल्भर्ट गायब थिए। बाढ़ीको समय गर्भवती महिलाहरू अस्पतालसम्म पुग्न सक्थेनन्। आज नीतिश कुमारको नेतृत्वमा कानूनको राज फर्केको छ र महिलाहरू निडर भएऱ घरहरूबाट निस्कन सकिरहेका छन्।
उनले भने, मुख्यमन्त्री महिला रोजगार योजनाले अहिलेसम्म 75 लाख बहिनी जोड़िसकेका छन्। जब कुनै महिला रोजगार वा स्वरोजगार गर्छिन् तब उसका सपनाहरू साकार हुन्छ र समाजमा उसको सम्मान अझ् बढ़ेर जान्छ। यदि 11 वर्ष पहिले जनधन योजना नचलाइएको भए र महिलाहरूको ब्याङ्क खाता नखोलिएको भए आज यति व्यापक स्तरमा प्रत्यक्ष लाभ अन्तरण (डीबीटी) सम्भव हुनेथिएन। उनले भने, ब्याङ्क खातालाई मोबाइलसित जोड़ेकै कारण बिना कुनै मिडलम्यानको यो राशि सोझो तपाई कहाँ पुगेको छ। उनले हालमा शुरू गरिएको ‘जीविका निधि साख सहकारी संघ’ को उल्लेख गर्दे भने, यो व्यवस्था अब मुख्यमन्त्री महिला रोजगार योजनाको साथ जोड़िएर अझ् अधिक प्रभावी हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी