रूसका उप प्रधानमन्त्रीको साथ शिवराज सिंहको बैठक, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि भयो चर्चा
शिवराज


नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। रूसका उप प्रधानमन्त्री दिमित्री पेत्रुशेव एवं उनको प्रतिनिधिमण्डलको साथ केन्द्रिय कृषि एवं किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको शुक्रवार कृषि भवनमा उच्चस्तरीय बैठक बस्यो। बैठकपछि शिवराज सिंहले भने, यो भेट सौहार्दपूर्ण र उपयोगी रहेको छ। जसमा कृषि एवं खाद्य सुरक्षाको क्षेत्रमा आपसी सहयोग, द्विपक्षीय व्यापार सन्तुलित गर्ने, तकनीकी साझेदारीलाई अझ् मजबूत बनाउनमाथि व्यापक छलफल भयो।

केन्द्रिय कृषि मन्त्री शिवराज सिंहले भने, रूसको समर्थन र विकासले व्यापार र लम्बित मुद्दाहरूको निश्चित रूपमा समाधान निस्किनेछ, जसको लाभ हाम्रा किसानहरू, उपभोक्ताहरू एवं दुवै देशका नागरिकहरूले पाउनेछन्। रूस र भारतको मित्रता शान्ति र स्थिरताको निम्ति पनि आवश्यक छ। हामी आफ्नो राष्ट्रहितहरूको संरक्षण गर्दै रूसको साथ अझ् राम्रो कृषि व्यापार होस्, नवाचार होस्, खाद्य सुरक्षाको निम्ति हामी संगै मिलेर काम गरौं, शिक्षाको क्षेत्रमा काम गरौं, यही हाम्रो मनसाय हो। यी मुद्दाहरूमा सकारात्मक छलफल भएको छ।

केन्द्रिय मन्त्री चौहानले बताए, भारतका धेरै उत्पादहरू रूसका बजारहरूसम्म पुग्नसक्छ तर फाइटोसैनिटरी मानक र नन-टेरिफ बाधाहरूको कारण त्यसको निर्यातमा बाधा पुगिरहेको छ। चौहानले रूसका उप प्रधानमन्त्रीलाई बताए, भारतमा खेतहरूको आकार धेरै सानो छ र साना किसान कहिले-कांही यस्ता मानकहरूको पूरा पालन गर्नमा सक्षम हुनसक्दैनन्, यसैले यी बाधाहरूको मिलेर समाधान निकाल्ने आवश्यकता छ। शिवराज सिंहले विश्वास व्यक्त गरे, फाइटोसैनिटरी मानक र नन-टेरिफ बाधाहरूसित जोड़िएको जुन मामिला छ, त्यसको शीघ्र समाधान हुनेछ। हामीले शोध एवं नवाचारमाथि पनि चर्चा गरेका छौं। भारतीय कृषि अनुसन्धान परिषद र उसको संस्थानबीच व्यापक सहयोगमाथि छलफल जारी छ ताकि हामीले आपस्तमा विज्ञान र तकनीकीको आदान-प्रदान गर्नसकौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande