नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार भूविज्ञानको क्षेत्रमा उत्कृष्ट योगदानका लागि राष्ट्रिय भूविज्ञान पुरस्कार 2024 प्रदान गरिन्। राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा राष्ट्रपतिले भनिन्, खनिजहरूले मानव सभ्यताको विकासमा महत्वपूर्ण योगदान दिएको छ। धरतीको गर्भमा विद्यमान खनिज पदार्थहरूले मानव जीवनलाई आधार दिएको छ र हाम्रो व्यापार एवं उद्योगलाई आकार दिएको छ। पाषण युग, कांस्य युग र लौह युग- मानव सभ्यताको विकासको प्रमुख चरणहरूको नाम खनिजहरूको नाममा राखिएको छ। फलाम र कोइला जस्ता खनिज पदार्थहरू बिना औद्योगिकरण अकल्पनीय हुनेथियो।
राष्ट्रपतिले भनिन्, खननले आर्थिक विकासको निम्ति संसाधन प्रदान गर्दछ र रोजगारको व्यापक अवसर श्रृजन गर्दछ। यद्यपि, यस उद्योगका धेरै प्रतिकूल प्रभाव पनि छन्, जसमा स्थानीय निवासीहरूको विस्थापना, जंगल नष्ट हुनु, वायु एवं जल प्रदूषण जस्ता धेरै दुष्प्रभाव पनि हुन्छन्। यी प्रतिकूल प्रभावहरूलाई कम गर्न खनन प्रक्रियामा सबै नियमहरूको कड़ाईले पालन गरिनुपर्छ। खानीहरूलाई बन्द गरिएको समय पनि उचित प्रक्रियाहरूको पालन गरिनुपर्छ ताकि स्थानीय निवासीहरू र वन्यजीवहरूलाई कुनै नोकसान नहोस् भनी सुनिश्चित होस्।
राष्ट्रपतिले जोड दिँदै भनिन्, हाम्रो देश तीन दिशाबाट महासागरहरूले घेरिएको छ। यी महासागरहरूको गहराईमा धेरै मूल्यवान खनिज तत्वहरूको भण्डार छ। भूवैज्ञानिक राष्ट्रको विकासको निम्ति यी संसाधनहरूको उपयोगमा महत्वपूर्ण भूमिका निभाउँछन्। उनले भूवैज्ञानिकहरूसित यस्ता तकनीक विकसित गर्ने आग्रह गरिन्, जसले समुद्री जैव विविधतालाई कमभऩ्दा कम नोकसान पुऱ्याउँदै राष्ट्रको लाभको निम्ति समुद्रतल मुनिका संसाधनहरूको दोहन गर्न सकोस्।
उनले भनिन्, भूवैज्ञानिकहरूको भूमिका खननसम्म सीमित छै। उनीहरूले भू-पर्यावणीय स्थिरतामाथि खननको प्रभावमाथि पनि ध्यान दिने आवश्यकता छ। खनिज उत्पादहरूको मूल्यवर्धन र अपव्ययलाई कम गर्न प्रौद्योगिकीको विकास र उपयोग आवश्यक छ। यो सतत खनिज विकासको निम्ति महत्वपूर्ण छ। खान मन्त्रालय स्थिरता र नवाचारको निम्ति प्रतिबद्ध छ र खनन उद्योगमा एआई, मशीन लर्निङ र ड्रोन-आधारित सर्वेक्षणलाई प्रोत्साहित गरिरहेकोमा उनले खुशी व्यक्त गरिन्। उनले खानीहरूबाट निस्किने अवशेषहरूबाट मूल्यवान तत्वहरूको प्राप्तिको निम्ति मन्त्रालयद्वारा उठाइएका कदमहरूको पनि सराहना गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी