अमित शाहले कोलकातामा गरे सन्तोष मित्रा स्क्वायर दुर्गा पूजाको उद्घाटन
अमित शाह


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार कोलकाताको उत्तर हिस्सामा प्रतिष्ठित सन्तोष मित्रा स्क्वायर दुर्गा पूजा मण्डपको उद्घाटन गरे। बिहान 11:20 बजी पुगेका शाहले यस वर्षको थीम 'अपरेशन सिन्दूर' को अवलोकन गरे, जसमा पहलगाममा आतङ्की हमलापछि भारतीय सेनाको आतङ्कवाद विरोधी अभियानको झलक प्रस्तुत गरिएको थियो।

पश्चिम बंगालमा हुने आगामी विधानसभा चुनाउहरूलाई ध्यानमा राख्दै केन्द्रिय गृहमन्त्रीको यो भ्रमण राजनीतिक रूपमा महत्वपूर्ण मानिॅंदैछ। पूजा उद्घाटनपछि उनले दुर्गा मातासॅंग प्रार्थना गर्दै भने, 'यस चुनाउपछि बंगालमा यस्तो सरकार बन्नेछ, जसले सोनार बांग्लाको निर्माण गर्नेछ। हाम्रो बंगाल फेरि सुरक्षित, सुजलाम सुफलाम र शान्त बन्नेछ।

शाहले भारी वर्षा र चट्याङले हालैमा भएका दुर्घटनाहरूको उल्लेख गर्दै मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरे। यस प्राकृतिक आपदामा अहिलेसम्म 10 भन्दा धेरैले ज्यान गुमाएका छन्। विपक्षीले अगावै यस मुद्दालाई लिएर राज्य सरकारलाई कठघरामा उभ्याएको छ, यस्तो स्थितिमा शाहको टिप्पणीलाई राजनीतिक सन्देशको रूपमा हेरिॅंदैछ।

सन्तोष मित्रा स्क्वायरको यस पूजाका आयोजकहरूमा भाजपा नेता र कोलकाता नगर निगमका सदस्य सजल घोषले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। उल्लेख्य, अमित शाहले वर्ष 2023 मा पनि यसै मण्डपको उद्घाटन गरेका थिए, जब यसको थीम राम मन्दिर राखिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande