भुवनेश्वर, 27 सेप्टेम्बर (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीको झारसुगुड़ा आगमनमा हार्दिक स्वागत गर्दै उनलाई ‘विश्वका सबैभन्दा लोकप्रिय नेता’ तथा प्रेरणास्रोत बताए। उनले राज्यका 4.5 करोड़ जनताको पक्षबाट प्रधानमन्त्रीलाई अभिनन्दन गरे। भगवान जगन्नाथलाई आह्वान गर्दै मुख्यमन्त्रीले यसलाई ओडिशाको लागि गौरवपूर्ण क्षण बताए अनि भने, यस्तो आयोजन झारसुगुड़ामा हुनु भनेको भाग्यको कुरा हो। उनले स्मरण गराए, आठ वर्षपूर्व प्रधानमन्त्री नेरेन्द्र मोदीले वीर सुरेन्द्र साई हवाईअड्डाको आधारशिला राखेका थिए। आज यो हवाईअड्डाले पश्चिमी ओडिशाको विकासलाई गति प्रदान गरिरहेको छ।
प्रधानमन्त्रीको नेतृत्व क्षमता तथा राष्ट्रिय सुरक्षामा उनको भूमिकाको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, पहलगाम नरसंहार पश्चात पाकिस्तानस्थित आतंकवादीहरूविरूद्ध भारतको कड़ा कारबाहीले देशको सामरिक नीतिलाई नयाँ आयाम दियो। उनले प्रधानमन्त्रीद्वारा शुरू गरिएका विकासमूलक योजनाहरूलाई पनि रेखांकित गरे। उनले भने, पछिल्लो वर्ष आफ्नो जन्मदिनमा प्रधानमन्त्रीले सुभद्रा योजनाको शुरूआत गरेका थिए जसान्तर्गत आज एक करोड़भन्दा अधिक महिलाहरूले प्रतिवर्ष 10 हजार रुपियाँ प्राप्त गरिरहेका छन्। उनले यो पनि स्मरण गराए, योजना शुरू गर्नअघि प्रधानमन्त्रीले ओडिशाकी एकजना आदिवासी आमाको हातबाट खीर खाएर आफ्नो जन्मदिन मनाएका थिए।
आफ ्नो सम्बोधनको समापनमा मुख्यमन्त्रीले भने, प्रधानमन्त्रीको प्रत्येक यात्राले ओडिशाको लागि विकासको नयाँ उपहार लिएर आउँछ। “तपाईको मार्गदर्शनमा ओडिशा द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ र हामीलाई विश्वास छ यो यात्राले पनि नयाँ अवसरहरूको द्वार खोल्नेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा