मुख्यमन्त्रीले पितमपुरामा विकास कार्यहरूको शुभारम्भ गरिन्
मुख्यमन्त्रीले पितमपुरामा विकास कार्यहरूको शुभारम्भ गरिन्


नयाँ दिल्ली, 27 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार पितमपुराका विभिन्न ब्लकहरूमा नयाँ सीवर लाइन, पानीको लाइन तथा आधारभूत संरचनासित सम्बन्धित विकास कार्यहरूको शुभारम्भ गरिन्। मुख्यमन्त्रीले भनिन्, “हाम्रो सरकारले एकातिर सीवर र पानी जस्ता बुनियादी आवश्यकताहरूलाई पूरा गरिरहेको छ भने अर्कोतिर एलिभेटेड रोड, छठ घाट तथा घर-घरसम्म ग्यासको पाइपलाइन जस्ता विराट परियोजनाहरूले दिल्लीको भविष्यलाई नयाँ दिशा दिरहेको छ। उनले भनिन्, दिल्लीको सर्वाङ्गीण विकासको लागि सरकारले रात-दिन लगातार काम गरिरहेको छ। सड़क तथा आधारभूत संरचनाहरूले नयाँ बल पाएका छन्, स्वास्थ्य सेवाहरू अझ मजबुत भएका छन्, हरित ऊर्जा र स्वच्छतालाई नयाँ दिशा प्राप्त भएको छ। हरेक क्षेत्रमा द्रूत गतिमा भइरहेको यो परिवर्तनले दिल्लीवासीहरूको जीवनलाई अझ सहज अनि श्रेष्ठ बनाइरहेको छ। उनले सबैलाई नवरात्रिको शुभकामना दिँदै भनिन्, माता रानीको कृपाले तपाईहरूको जीवनमा सुख, शान्ति र समृद्धिले वास गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande