सोशल मीडियामा टीआरएफ जस्तो समूहद्वारा फैलाइएको बयानलाई बेवास्ता गरियो भने यसले गम्भीर खतरा सृजना गर्नेछः उपराज्यपाल
सोशल मीडियामा टीआरएफ जस्तो समूहद्वारा फैलाइएको बयानलाई बेवास्ता गरियो भने यसले गम्भीर खतरा सृजना गर्नेछः उपराज्यपाल


श्रीनगर, 27 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले शनिवार भने, यदि सोशल मीडियामा आतंकवादी रजिस्टेन्स फ्रण्ट (टीआरएफ) जसतो समूहले फैलाइरहेका बयानहरूलाई बेवास्ता गरियो भने यसले गम्भीर खतरा उत्पन्न गर्नेछ।

श्रीनगरको टैगोर हलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराज्यपाल सिन्हाले जम्मू-कश्मीरका मानिसहरूलाई आतंकवादनविरूद्ध एकजुट हुने अनि शान्ति एवं स्थिरताको रक्षा गर्नको लागि चरमपन्थी दुष्प्रचारको सक्रिय रूपमा विरोध गर्ने आग्रह गरे।

उनले भने, यिनीहरूको सोझो सम्बन्ध छ र यदि टीआरएफले सोशल मीडियामा यसप्रकारको बयान फैलाइरहँदा हामी मौन बस्यौं भने यो खतरनाक हो। हामीले यसमाथि ध्यान दिनुपर्छ। उनले भने, आतंकवादविरूद्ध लड़ाईँ सुरक्षा बलहरूको मात्र होइन, नागरिकको पनि जिम्मेवारी हो। आतंकवातको कारणले 40भन्दा अधिक मानिसहरूको ज्यान गइसकेको छ। यसलाई सुरक्षा बलहरूले मात्र नभएर नागरिकहरूले पनि पूर्ण रूपले मास्नुपर्छ।

उपराज्यपालले भने, दशकौंसम्म कष्ट झेलेपछि पनि जम्मू-कश्मीर एउटा परिवर्तनको साक्षी बनिरहेको छ जहाँ ढुङ्गामुड़ा बितेको समय भइसकेको छ र स्थानीय आतंकवादीहरूको भर्तीमा कमी आइरहेको छ। उनले अझ भने, जब कुनै घर विभाजन भइरहेको छ भने हामीले त्यसलाई व्यवस्थित बनाउने चेष्टा गर्नुपर्छ।

सिन्हाले भने, देशभरि नै विशेष गरी पूर्वोत्तरमा आतंकवाद तथा वामपन्थी उग्रवादमा उल्लेखनीय कमी आएको छ। उनले विश्वास व्यक्त गरे, नक्सलवाद पनि चाँड़ै मासिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande