खरसाङ, 27सेप्टेम्बर (हि.स.)। खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको अफिसियल ब्यानर लोकार्पण गरिएको छ। उक्त ब्यानरको लोकार्पण सिलगढीमा आयोजित कञ्चनजङ्घा टुरिज्म फेस्टिभलमा गरिएको छ।
उक्त कञ्चनजङ्घा टुरिज्म फेस्टिभल एसोसिएशन फर कन्जरभेशनको आयोजनामा सम्पन्न भईरहेको छ। यस फेस्टिभलमा टुरिज्म गाँधी नामले परिचित राज बसु, पद्मश्री एवं भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भोटिया, खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनका सभापति किशोर सिंह र सचिव राजु गुरुङ लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरुले सहभागिता जनाएका थिए।
अतिथिहरूको बाहुलीबाट खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको ब्यानर लोकार्पण गरियो। यसै अवसरमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एवं खरसाङ सांस्कृतिक संस्थानकी अध्यक्षा आशा मुखिया लामाको पुस्तक पनि लोकार्पण गरिएको जानकारी किरण मुखियाले गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक