नयाँ दिल्ली, 27 सेप्टेम्बर (हि.स.)। बाहिरी जिल्लाको मंगोलपुरी क्षेत्रमा गए शुक्रवार साँझ एकजना नाबालिक छात्रको कुटेरै हत्या गरियो। घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गराएपछि परिवारलाई सुम्पिदियो। जाँचमा मृतकको पहिचान अभिषेक (16)-को रूपमा गरिएको छ। पुलिसले उक्त मामिलामा हत्याको मुद्दा दर्ता गरी सातजना नाबालिकहरूलाई हिरासतमा लिएको छ। हाल पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।
बाहिरी जिल्लाका पुलिस उपायुक्त सचिन शर्माले शनिवार बताए, शुक्रवार मंगोपुरी टी ब्लकस्थित स्कूलमा परीक्षा भइरहेको थियो। परीक्षा सिद्धिएर छात्र अभिषेक बाहिर निक्लिनसाथ ढुकेर बसिरहेका केही केटाहरूले उमाथि हमला गरे। आरोपीहरूले छात्रमाथि लात्ता-घुस्साले मरूञ्जेल कुटे। घटनालाई परिणाम दिएपछि आरोपीहरू घटनास्थलबाट भागे। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइते छात्रलाई नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिस अधिकारी अनुसार मृतक छात्रको विवाद स्कूलकै एकजना छात्रसित भएको थियो। यस विवादको कारणले उक्त छात्रले बाहिरबाट केटाहरूलाई बोलाएर घटनालाई परिणाम दिए। घटनास्थलमा उपस्थित साक्षीहरूको साक्ष्य अनि सीसीटीभी फुटेजको आधारमा पुलिसले सातजना नाबालिकहरूलाई हिरासतमा लिएको छ। प्रारम्भिक जाँचमा पुरानो शत्रुता हुनसक्ने आशंका व्यक्त गरिएको छ। घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ।
भनिन्छ, मंगोलपुरीको टी ब्लककस्थित सरकारी स्कूलमा पहिला पनि छात्रहरूबीच झगड़ा भइसकेको छ। यहाँसम्म कि पहिला पनि एकजना छात्रको मृत्यु यसरी नै विवादमा भइसकेको छ। स्थानीय मानिसहरूले आरोप लगाइरहेका छन्, स्कूल प्रशासन र पुलिसले छुट्टीको समयमा सुरक्षा व्यवस्थालाई कड़ा नबनाएकै कारण यसप्रकारोा घटना बारम्बार दोहोरिरहको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा