-मुख्यमन्त्री स्टालिनले चेन्नई ट्रेड सेन्टरमा 'कृषि व्यापार महोत्सव'- को गरे उद्घाटन
चेन्नई, 27 सेप्टेम्बर (हि.स.)। तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले शनिवार चेन्नईको नन्दमबक्कमस्थित चेन्नई ट्रेड सेन्टरमा 'कृषि व्यवसाय महोत्सव- 2025' को उद्घाटन गरे। यस महोत्सवको उदेश्य कृषि एवं सम्वद्ध क्षेत्रज्हरूमा नवाचार, प्रौद्योगिकी तथा उद्यमितालाई प्रोत्साहित गर्नु हो।
यस दुई दिवसीय कार्यक्रम 27 र 28 सेप्टेम्बर, 2025-मा आयोजना गरिएको छ। महोत्सवमा दुई सयभन्दा अधिक प्रदर्शनी हल, बिउ र बिरूवा बिक्री केन्द्र स्थापना गरिएको छ। महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री स्टालिनले भने, यो प्रदर्शनी किसानहरूको लागि एउटा उत्कृष्ट पहल हो। यसबाट किसानहरूको लागि घरेलु तथा अन्तर्राष्ट्रिय बजारको अवसर उत्पन्न हुन्छ। उनले किसानहरूलाई राज्य सरकारको पक्षबाट संचालित किसान कल्याणकारी योजनाहरूको जानकारी पनि गराए।
मुख्यमन्त्री स्टालिनले भने, सानो अन्न र बदम उत्पादनमा पनि पहिलो स्थान हासिल गर्ने चेष्टा गरिँदैछ। उनले भने, राज्य सरकारले 47 हजार एकड़ बाँजो भूमिलाई पुनः खेती गर्ने योग्यको बनाएको छ। पछिल्लो चार वर्षमा 456.46 लाख मीट्रिक टन खाद्यान्न उत्पादन भइसकेको छ। तमिलनाडु काजु बोर्ड नामक भिन्नै संगठन बनाइएको छ साथै 7 वटा उत्पादहरूको लागि भौगोलिक संकेत प्राप्त गरिएको छ।
मुख्यमन्त्रीले भने, तमिलनाडुले कृषिको क्षेत्रमा अग्रणी राज्यको रूपमा प्रगति गरिरहेको छ। हामीले मेट्टूर बाँधलाई समयमै खोलिरहेका छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा