इन्दौर, 27 सेप्टेम्बर (हि.स.)। मध्य प्रदेश संस्कृति विइन्दौरमा दुई दिवसीय राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोह आजदेखि भागको तत्वावधानमा जिल्ला प्रशासनको सहयोगले आय़ोजित दुई दिवसीय (27 एवं 28 सेप्टेम्बर) राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण एवं संगीत संध्या आज शुरूआत हुन गइऱहेको छ। इन्दौरको वीआईपी परस्पर नगर स्थित लता मंगेशकर सभागारमा आयोजित हुने यस समारोहमा पहिलो दिन स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछऩ्। मुख्य कार्यक्रम आइतवार हुनेछ।
मुख्य कार्यक्रममा मुख्यमन्त्री डा. मोहन यादव मुख्य अतिथिको रूपमा सामेल हुनेछन्। कार्यक्रमको अध्यक्षता संस्कृति एवं पर्यटन मन्त्री धर्मेन्द्र सिंह लोधीले गर्नेछन्। समारोहमा 28 सेप्टेम्बरमा वर्ष 2024 को निम्ति सुविख्यात संगीत निर्देशक शंकर-एहसान लोय, मुम्बई एवं वर्ष 2025 को निम्ति सुप्रतिष्ठित पार्श्व गायक सोनू निगम, मुम्बईलाई राष्ट्रिय लता मंगेशकर सम्मानले विभूषित गरिनेछ।
इन्दौर संभागायुक्त डा. सुदाम खाड़ेले बताए, समारोहको शुभारम्भ आज साझँ 7 बजी हुनेछ। प्रथम दिवस अमर लता हमारी लता… सुगम-संगीत संध्या को आयोजन हुनेछ, जसमा प्रमुख कलाकार सृष्टि जगताप, निष्ठा कंडारा, शुभ्रा अग्निहोत्री, मानसी पाण्डे, साना जैन, गुरुषा दुबे, स्वरांश पाठक, कार्तिक जोशी, अपर्णा सेन, सनाया दहाले, मोना ठाकुर र हर्षद शेंवगांवकरद्वारा प्रस्तुति दिइनेछ।
समारोहमा प्रवेश नि:शुल्क रहनेछ। लता मंगेशकरको जयन्तीको अवसरमा 28 सेप्टेम्बरमा मुख्यमन्त्री मोहन यादवको उपस्थितिमा मुख्य समारोह हुनेछ। समारोहमा वर्ष 2024 को निम्ति यो सम्मान प्रसिद्ध संगीत निर्देशक शंकर-एहसान-लोयलाई प्रदान गरिनेछ। वर्ष 2025 को निम्ति पार्श्व गायनको क्षेत्रमा यो सम्मान प्रसिद्ध पार्श्व गायक सोनू निगमलाई प्रदान गरिनेछ। राष्ट्रिय लता मंगेशकर अलंकरण समारोह एक वर्ष संगीत निर्देशन एवं दोस्रो वर्ष पार्श्व गायनको क्षेत्रमा प्रदान गरिन्छ। अलंकरणपछि संगीत संध्याको आयोजन हुनेछ, जसमा पार्श्व गायक अंकित तिवारी एवं उनको दलद्वारा प्रस्तुति दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी