लद्दाखको लेह शहरमा चौथो दिन पनि कर्फ्यु जारी
लद्दाखको लेह शहरमा चौथो दिन पनि कर्फ्यु जारी


लेह, 27 सेप्टेम्बर (हि.स.)। लद्दाखको लेह शहरमा शनिबार चौथो दिन पनि कर्फ्यु जारी रह्यो। पुलिस र अर्धसैनिकबलले राष्ट्रिय सुरक्षा कानून (एनएसए) अन्तर्गत पर्यावरण एक्टिविस्ट सोनाम वाङचुकलाई पक्राउ गरेपछि गस्ती र छानबिन तीव्र पारेका छन्। उपराज्यपालको नेतृत्वमा प्रशासनले वाङचुकको पक्राउलाई ठिक बताएको छ र उनीहरूले नेपाल आन्दोलन र अरब स्प्रिङ्गको उल्लेख गर्दै उनको भड़काऊ भाषणको कारण बुधबार हिंसा भएको बताएका छन्, जसमा चार जना मारिएका र धेरै घाइते भएका थिए। उनलाई जोधपुर जेलमा राखिएको छ।

प्रशासनको भनाइ अनुसार, वाङचुकको नजरबन्द शान्तिप्रिय लेहमा सामान्य अवस्था फिर्ता गर्न आवश्यक थियो। अधिकारीहरूले भने, पछिल्लो २४ घण्टाभित्र लद्दाखमा कुनै अप्रिय घटना भएको सूचना आएको छैन र कानूनी व्यवस्थालाई कायम राख्न प्रतिबन्धहरू जारी गरिएको छ। उपराज्यपाल कविन्दर गुप्ताले राजभवनमा उच्चस्तरिय सुरक्षा समीक्षा बैठक गर्नेछन् जसपछि कर्फ्यूलार्ई केही छूट दिने निर्णय हुनेछ। संवेदनशील क्षेत्रमा पुलिस र अर्धसैनिकबलले गस्ती र छानबिन बढाएका छन् र हिंसाका अभियुक्तहरुलाई समाउन छापा मार्ने कार्य भइरहेको छ। झडपपछि ५० भन्दा बढीलाई हिरासतमा लिइएको छ।

लेह बाहेक कारगिल लगायत अन्य केन्द्रशासित प्रदेशका शहरहरूमा पाँच वा सो भन्दा बढी संख्यामा जम्मा हुनेलाई निषेधाज्ञा लगाइएको छ। प्रशासनले वाङचुकलाई समाजमा हानिकारक गतिविधिमा संलग्न रहेको बताएको छ र उनको भड़काऊ भाषण र भिडियोका कारण हिंसा भड्किएको जनाएको छ। शान्ति कायम गर्न प्रशासनले कडा कदम चालेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande