महाराष्ट्रका २२ जिल्लामा आगामी ४८ घण्टासम्म भारी वर्षाको चेतावनी
महाराष्ट्रका २२ जिल्लामा आगामी ४८ घण्टासम्म भारी वर्षाको चेतावनी


मुम्बई, २७ सेप्टेम्बर (हि.स.)। भारतीय मौसम विभागले शनिबार महाराष्ट्रका २२ जिल्लामा आगामी ४८ घण्टासम्म भारी वर्षाको चेतावनी जारी गरेको छ। यसलाई ध्यानमा राख्दै राज्यको आपदा प्रबंधन विभागले सम्बन्धित जिल्लाहरूलाई सतर्क रहन निर्देशन दिएको छ।

यसै कारण लातुर, धाराशिव, नान्देड आदि जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ। नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपील गरिएको छ।

आपदा वप्रबंधन भागले आज पत्रकारहरूलाई भन्यो, आगामी ४८ घण्टा महाराष्ट्रका लागि अत्यन्त महत्वपूर्ण रहनेछ। मौसम विभागले २२ जिल्लाका लागि रेड अलर्ट जारी गरेको छ।

केही दिनअघि बाढी प्रभावित सोलापुर, धाराशिव, जालना र लातुरमा पनि आगामी दुई दिनसम्म धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। मराठवाडासहित राज्यभर आज र भोलि भारी वर्षाको सम्भावना छ।

मौसम विभागले २७, २८ र २९ सेप्टेम्बरका दिन राज्यका धेरै ठाउँमा भारी वर्षा हुने भविष्यवाणी गरेको छ। मराठवाडा, मध्य महाराष्ट्र र पश्चिम महाराष्ट्रमा समेत वर्षा हुने सम्भावना छ।

लातुर जिल्लामा रेड अलर्ट भएकाले जिल्ला प्रशासनले नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। यसैबीच, हिजो रातिदेखि नै जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande