प्रधानमन्त्रीले आज बीएसएनएलको स्वदेशी 4-जी प्रणालीको श्रीगणेश गर्ने
प्रधानमन्त्रीले आज बीएसएनएलको स्वदेशी 4-जी प्रणालीको श्रीगणेश गर्ने


नयाँ दिल्ली, 27 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारत संचार निगम लिमिटेड (बीएसएनएल) को देशव्यापी स्वदेशी 4-जी (5-जी तयार) नेटवर्कको श्रीगणेश गर्नेछन्। यो जानकारी केन्द्रिय संचारमन्त्री ज्योतिरादित्य सिन्धियाले प्रधानमन्त्रीको यस कार्यक्रमको पूर्व सन्ध्यामा संवाददाता सम्मेलनमा दिए। उनले भने, यो भारतको निम्ति दूरसंचारको क्षेत्रमा एक नयाँ युगको सूत्रपात हुनेछ। भारत विश्वको शीर्ष दूरसंचार उपकरण निर्माताहरूको श्रेणीमा सामेल भएको छ। यो 4जी टावरले अगावै देशभरिमा 22 मिलियन ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

केन्द्रिय मन्त्री सिन्धियाले बताए, प्रधानमन्त्री मोदीले यस अवसरमा दुई महत्वपूर्ण पहलको शुरुआत गर्नेछन्। यसमा पहिलो पहल देशभरिमा लगभग 98 हजार मोबाइल 4-जी टावरहरूको रोलआउट र दोस्रो पहल पूर्ण रूपमा स्वदेशी 4-जी नेटवर्क हो, जून पूर्ण रूपमा सफ्टवेयर-आधारित, क्लाउड-आधारित औ भविष्यमा 5-जीको निम्ति तयार छ। भारतको कुनैपनि हिस्सा यस नेटवर्कदखि अछूतो रहनेछैन। यी 4-जी टावरले अगावै देशका 22 मिलियन ग्राहकहरूलाई सेवा दिइऱहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande