गुरूग्राम, 27 सेप्टेम्बर (हि.स.)। तीव्र रफ्तार थार डिवाइडरसित ठोकिएर तीन युवती र दुई युवकको मृत्यु भयो। जबकि एक गम्भीर रूपमा घाइते भयो। यस दुर्घटनामा थार गाड़ी क्षतिग्रस्त भयो। समाचार लेखिञ्जेलसम्म एक युवतीको पहिचान प्रतिष्ठा मिश्रको रूपमा गरिएको छ।
जानकारी अनुसार, थार गाड़ीमा तीन युवक र तीन युवती सवार थिए। यी सबै उत्तर प्रदेशदेखि कुनै कामले गुरूग्राम आएका थिए। उनीहरूको गाड़ी जस्तै नेशनल हाईवे 48 मा राजीव चौकतिर जान हाईवेको एग्जिट नम्बर 9 देखि उत्रियो तब गाड़ीको बेग तीव्र भएको कारण थारको नियन्त्रण बिग्रियो। गाड़ी अनियन्त्रित भएर डिवाइडरसित ठोकियो। तीव्र रफ्तारको कारण गाड़ी क्षतिग्रस्त भयो। यस दुर्घटनामा पाँच जनाको मृत्यु भयो। सबैलाई अस्पताल पुऱ्याइयो, जहाँ गम्भीर रूपमा घाइते अझ् एक युवकको उपचार भइरहेको बेला मृत्यु भयो।
दुर्घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। घटनाको छानबीन शुरू गरिएको छ। पुलिसले सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ताकि दुर्घटनाको कारणहरूको पत्तो लाग्न सकियोस्। शवहरूलाई पोस्टमार्टमको निम्ति पठाइयो। यस दुर्घटनामा मर्नेहरूमध्ये एक युवतीको पहिचान प्रतिष्ठा मिश्राको रूपमा गरिएको छ। बाकी मृतकहरूको पहिचान खोलाउने प्रक्रिया शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी