भारतको स्वाभिमानी नीतिबाट रिसाएको छ अमेरिकाः शान्ता कुमार
भारतको स्वाभिमानी नीतिबाट रिसाएको छ अमेरिकाः शान्ता कुमार


शिमला, 28 सेप्टेम्बर (हि.स.)। पूर्व मुख्यमन्त्री एवं पूर्व केन्द्रिय मन्त्री शान्ता कुमारले अमेरिकाले भारतबाट हुने औषधिहरूको आयातमा सय प्रतिशत ट्यारिफ लगाउने घोषणालाई भारतको लागि एउटा नयाँ आर्थिक चुनौती बताएका छन्। उनले भने, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बयान अनि व्यवहारले आफूलाई मात्र नभएर अमेरिका जस्तो ठूलो देशको गरिमालाई नोक्सान पुऱ्याइरहेका छन्।

शान्ता कुमारले एक बयानमा भने, अमेरिकालाई भारतसित सबैभन्दा अधिक रिस यसकारणले उठेको छ किनभने भारतले अमेरिकालाई भारत-पाकिस्तान युद्धलाई समाप्त गराएको श्रेय दिएन। उनले भने, भारतद्वारा संचालित अपरेशन सिन्दूर पश्चात पाकिस्तान स्वयंले युद्धविरामको लागि हात जोड़िरहेको थियो।

उनले ट्रम्पको नोबेल पुरस्कारप्रतिको मोहलाई लिएर कटाक्ष गर्दै भने, ट्रम्पले कैयौं पटक युद्ध बिराम गराएको श्रेय लिएर नोबेल पुरस्कार पाउने चेष्टा गरिसकेका छन्। यो इतिहासमा सायदै पहिलो पटक भएको हुनसक्छ जतिबेला कुनै देशका राष्ट्रपतिले सार्वजनिक रूपमा पुरस्कारको लागि यस हदसम्म लालायित देखाएका छन्।

उनले भने, ट्रम्पले पाकिस्तान जस्तो देश मार्फत पनि आफ्नो लागि नोबेलको सिफारिस गराउने चेष्टा गरे जुन अमेरिकाको आत्मसम्मानलाई ठेस पुऱ्याउने किसिमको कदम हो।

भारतीय नीतिहरूको सराहना गर्दै शान्ता कुमारले भने, भारतले अमेरिकाको ट्यारिफबाट कठिनाई झेलिरहेको भए पनि आफ्नो राष्ट्रिय स्वाभिमानसित कुनै सम्झौता गरेन। भारतले सम्पूर्ण घटनाक्रममा एक स्वाभिमानी राष्ट्रको रूपमा व्यवहार गरेको छ।

अमेरिकी नेतृत्वको आलोचना गर्दै उनले भने, विश्व इतिहासमा यो पहिलो अवसर हो जतिबेला अमेरिका जस्तो ठूलो देश अपरिपक्व नेतृत्वको कारणले उपहासको पात्र बनिरहेको छ। मलाई लाग्छ, अमेरिकाका अधिकांश मतदाताहरू आज ट्रम्पलाई चयन गरेकोमा लज्जित भइरहेका छन् होला।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande