छोरीहरू समाजका गर्व अनि भविष्यका आशा हुन्ः मुख्यमन्त्री डा. शर्मा
छोरीहरू समाजका गर्व अनि भविष्यका आशा हुन्ः मुख्यमन्त्री डा. शर्मा


गुवाहाटी, 28 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय कन्या दिवसको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यवासीहरूलाई शुभकामना दिएका छन्। उनले भने, छोरीहरू समाजका गर्व अनि उज्जवल भविष्यका आशा हुन्।

मुख्यमन्त्रीले भने, “म स्वयं एक छोरीकी पिता हुँ, त्यसैले हरेक छोरीप्रति हाम्रो जिम्मेवारीलाई गहिराईबाटै बुझ्छु।” उनले आश्वस्त पारे, राज्य सरकारले छोरीहरूको सुरक्षा, गरिमा एवं सुरक्षित भविष्य सुनिश्चित गर्नका लागि कर्तव्यनिष्ठ भएर काम गरिरहेको छ र आगामी दिनमा पनि यसलाई एकजना अभिभावकले जस्तै निर्वाह गर्नेछ।

यस अवसरमा डा. सरमाले समाजसित आह्वान गरे, छोरीहरूलाई समान अवसर र सम्मान प्रदान गरौं ताकि उनीहरूको प्रतिभाले असमको भविष्यलाई उज्जवल बनाउन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande