मणिपुरका भिन्न-भिन्न क्षेत्रहरूबाट छःजना उग्रवादी समातिए
मणिपुरका भिन्न-भिन्न क्षेत्रहरूबाट छःजना उग्रवादी समातिए


इम्फाल, 28 सेप्टेम्बर (हि.स.)। मणिपुरमा संचालित उग्रवाद-विरोधी व्यापक अभियानमा विभिन्न स्थानहरूबाट उग्रवादीहरूलाई धरपकड़ गर्ने क्रम जारी छ। मणिपुर पुलिस मुख्यालयबाट आइतवार प्राप्त जानकारी अनुसार एक दिनमा केही जिल्लाहरूबाट प्रतिबन्धित उग्रवादी संगठनहरूका छःजना सक्रिय सदस्यहरूलाई पक्राउ गरिएको छ।

यस अभियानमा तीन भिन्न-भिन्न उग्रवादी समूहहरू क्रमैले रिभोल्यूशनरी पीपुल्स फ्रण्ट/पीपुल्स लिबरेशन आर्मी (आरपीएफ/पीएलए), नेशनल रिभोल्यूशनरी फ्रण्ट अफ मणिपुर (एनआरएफएम) औ कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी)-का कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ।

सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लामसांग थाना अन्तर्गत लामडेंग मयाई लिकाईबाट आरपीएफ/पीएलए कार्यकर्ता 56 वर्षीय लैशराम जितेन सिंहलाई पक्राउ गरे। जितेन मूल रूपमा बिष्णुपुर जिल्लाको कुम्बी तेराखोंग निवासी हुन्।

इम्फाल पूर्व जिल्लामा पुलिसले हिनगांग थाना अन्तर्गत मन्त्रिपुखरी फ्रेण्ड्स कलोनीबाट एनआरएफएम कार्यकर्ता 55 वर्षीय खैदेम सुनीला देवीलाई पक्राउ गऱ्यो जो इम्फाल पश्चिमको मयांग इम्फाल थाना वांगखेई लेईकाईकी निवासी हुन्।

सबैभन्दा ठूलो कारबाही त्यसबेला भयो जतिबेला सुरक्षा बलहरूले केसीपी (नोयोन)-का दुईजना सदस्यहरूलाई उनीहरूको घरबाटै पक्राउ गरे। 44 वर्षीय मोहम्मद मुजिबर रहमानलाई थौबल जिल्लाको लिलोंग थाना अन्तर्गत लिवा रोड इमोइनु लेइराकस्थित नाओरेम लेइकाईबाट पक्राउ गरियो। पुलिसले दुवैबाट एउटा .32 क्यालिबरको पेस्तोल, म्यागजिन र दुई वटा मोबाइल फोन जफ्त गऱ्यो।

केसीपीको अर्को सदस्य, हेइखम मिलन सिंह उपनाम खाबा (32)-लाई काकचिंग जिल्लाको वांगू थाना अन्तर्गत वांगू ममांग शबलबाट पक्राउ गरियो।

समन्वित छापामा मोइरंगथेम चाओबी सिंहलाई पनि पक्राउ गरियो जसलाई जसलाई याइमा, लांथोइबा र कुमार जस्ता धेरैवटा उपनामहरूले चिनिन्छ। थौबल जिल्लाको हेरोक पार्ट-II लैशराम लेइकाईका 50 वर्षीय आरपीएफ/पीएलए सदस्यलाई इम्फाल पूर्वको पोरोम्पट पुलिस स्टेशन अन्तर्गत खुरई कोनसम लेइकाईबाट पक्राउ गरियो। पुलिसले भन्यो, आरोपी बलजफ्ती असुली जस्ता गतिविधिहरूमा सामेल रहेको थियो तथा सुरक्षा बलहरूविरूद्ध भीड़लाई उक्साइरहेको थियो।

एक दिनअघि मात्र सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको कुम्बी पुलिस स्टेशन अन्तर्गत कुम्बी बजारबाट आरपीएफ/पीएलए कार्यकर्ता 49 वर्षीय नोंगमाईथेम ज्ञानेश्वर सिंहलाई पक्राउ गरेका थिए। सिंह जसले संगठनलाई रसद सहायता प्रदान गर्दै आइरहेका थिए, बाट एउटा मोबाइल फोन र सिम कार्ड जफत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande