उत्तर 24 परगना, 28 सेप्टेम्बर (हि.स.)। सियालदह मेन शाखा अन्तर्गत श्यामनगर स्टेशन नजिक गए शनिवार अबेर राती ट्रेनको चपेटमा परी एकजना महिला सहित तीनजनाको मृत्यु भयो। प्राप्त जानकारी अनुसार राती लगभग 11:30 बजे 23 नम्बर रेलगेट नजिक एकजना पुरूष र एकजना महिलाले रेलवे लाइन पार गरिरहेका थिए। त्यै समय बालुरघाट एक्सप्रेस आयो अनि दुवैलाई आफ्नो चपेटमा लियो। दुवै नै गम्भीर रूपमा घाइते भए जसलाई बचाउने चेष्टा गरेकै कारणले स्थानीय सुब्रत राय पनि ट्रेनसित ठोक्किएर गम्भीर रूपमा घाइते भए।
तीनैजनालाई तत्कालाई अस्पताल लगियो, तर डाक्टरहरूले सबैलाई मृत घोषित गरिदिए। प्रत्यक्षदर्शीहरू अनुसार ट्रेनले काटिएर ज्यान गुमाउने महिला र पुरूष दम्पत्ति हुनसक्छ। तथापि उनीहरूको पहिचान अहिलेसम्म खोलिएको छैन।
रेल पुलिसले हाल दाबी गरेको छ, दुर्घटनामा तीनजना मानिसहरूको मृत्यु भएको छ जसको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा