कल्याणी एक्सप्रेसवेमा सड़क दुर्घटना, दुई युवकले गुमाए ज्यान
कल्याणी एक्सप्रेसवेमा सड़क दुर्घटना, दुई युवकले गुमाए ज्यान


नदिया, 28 सेप्टेम्बर (हि.स.)। कल्याणी एक्सप्रेसवेमा मोहनपुर थाना अन्तर्गत बाबनपुर क्षेत्रमा गए शनिवार अबेर राती भएको सड़क दुर्घटनामा दुईजना युवकको मृत्यु भयो। पुलिस सूत्र अनुसार मृतकहरूको नाम राजीव पाल र सोमनाथ घोष रहेको छ।

प्रत्यक्षदर्शीहरूले बताए, दुवै युवक नैहाटीदेखि कोलकाता तर्फ गइरहेका थिए। यिनीहरू सवार बाइकको गति तीव्र थियो। बाबनपुर क्षेत्रमा बाइकले नियन्त्रण गुमाएको कारणले यो दुर्घटना भएको हो। गम्भीर रूपमा घाइते अवस्थामा दुवैलाई तुरून्त ब्यारकपुर बीएन बसु अस्पतालमा लगियो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

यसै रात कल्याणी एक्सप्रेसवेको निमता थाना क्षेत्रमा पनि एक भयानक दुर्घटना भयो। यसरी लगातार भइरहेका दुर्घटनाहरूले एक्सप्रेसवेको सुरक्षा व्यवस्था र वाहनहरूको नियन्त्रणमाथि गम्भीर प्रश्न उठाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande