-साप्ताहिक पत्रिका ध्येय मार्गको विशेषांक राष्ट्र साधना के सौ वर्ष- को लोकार्पण
गोरखपुर, 28 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय सहप्रचार प्रमुख नरेन्द्र ठाकुरले शनिवार रामगढ़तालस्थित योगिराज गम्भीरनाथ प्रेक्षागृहमा राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा प्रकाशित साप्ताहिक पत्रिका ध्येय मार्गको विशेषांक राष्ट्र साधना के सौ वर्ष- को लोकार्पण गरे। उनले आफ्नो सम्बोधन राख्दै भने, विश्व सम्वाद केन्द्र, गोरखपुरद्वारा प्रकाशित 'राष्ट्र साधना के सौ वर्ष'-को विमोचनको अवसरमा हामी यहाँ भेला भएका छौं। राष्ट्रिय स्वयंसेवक संघको सय वर्षको यस यात्राका विभिन्न कार्यक्रमहरूको श्रृङ्खला प्रारम्भ भइसकेको छ भने त्यसैको एक भाग यो पनि हो। 1925 सालमा विजयादशमीको दिन राष्ट्रिय स्वयंसेवक संघको शुभारम्भ भएको थियो भने यस वर्ष 2025-मा संघले आफ्नो एक सय वर्ष पूरा गर्न गइरहेको छ। संघको स्थापना कसैको विरोध गर्नको लागि भएको होइन जबकि आफ्नो समाजलाई सामर्थ्यवान बनाउनको लागि गरिएको हो। सम्पूर्ण हिन्दू समाजलाई संगठित पार्ने ध्येय लिएर डा. हेडगेवारले संघको स्थापना गरेका हुन्।
उनले भने, डा. हेडगेयरको जीवन देशभक्तिबाट ओतप्रोत भएको थियो। अनुशीलन समितिका सदस्थ थिए। राजद्रोहको अभियोग लगाएर अक वर्षको सजाय दिइयो तथापि उनी विचलित भएनन्। हिन्दू समाजलाई जगाउनु आवश्यक छ भन्ने सोचेर 15 वर्षभित्रमा देशभरि नै उनले संघको स्थापना गरे। केही मानिसहरूलाई संघबाट खतरा महसूस हुन थाल्यो। 1948 सालमा संघमाथि प्रतिबन्ध लगाइयो। संघका कार्यहरूलाई हेरेर केही शर्तहरूमा 1949 सालमा संघमाथि लगाइएको प्रतिबन्धलाई हटाइयो।
उनले अझ भने, हरेक स्थानको आ-आफ्नो विशेष प्रसंग छ। हरेक स्थानको आफ्नो भिन्न-भिन्न चुनौतीहरू रहिआएको छ। केरल, त्रिपुराको परिस्थिति तपाईहरूले देखिसक्नु भएको छ। समाज संघ जस्तो बनियो भने 'संघ'-को आवश्यकतै पर्नेछैन यस्तो भनाइ थियो डा. साहेबको। समाजलाई साथमा लिएर काममा जुट्नुहोस्। सामाजिक जीवनका विभिन्न क्षेत्रहरूमा काम गर्नका स्वयंसेवकहरू जुटेका छन्। विभिन्न क्षेत्रहरूमा 32 भन्दा अधिक संगठनहरूले आफ्नो पहिचान बनाइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा