-टिम इन्डियाले १४ दिनमा पाकिस्तानलाई तेस्रो पटक पराजित गर्यो
दुबई, २९ सेप्टेम्बर (हि.स.)। भारतले दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौं पटक एसियाली च्याम्पियनशिप आफ्नो नाम गरेको छ । भारतको जितको आधार तिलक वर्माको शानदार नटआउट ६९ रनको पारी रह्यो, जसले टिमलाई सम्हालेका थिए।
१४७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतको सुरुवात कमजोर रह्यो र २० रनमै अभिषेक शर्मा, शुभमन गिल र सूर्यकुमार यादवका विकेट खसे। त्यसपछि संजु सामसन र तिलक वर्माले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरे। संजु २४ रन बनाएर आउट भए। त्यसपछि शिवम दुबेले तिलकसँग मिलेर अर्धशतकीय साझेदारी गरे, जसमा उनले २२ बलमा ३३ रन बनाए।
पाकिस्तानी टिम १४६ रनमै अलआउट भयो र २० ओभर पनि पुरा गर्न सकेन। सलामी ब्याट्सम्यान फरहान र फखरले पहिलो विकेटका लागि ८४ रन जोडी आशा जगाए, तर भारतीय स्पिनरहरू मसक्ष पाकिस्तान टिक्न सकेन। कुलदीप यादवले ४ विकेट लिए, अक्षर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट झारे, जबकि जसप्रीत बुम्राहले पनि २ विकेट लिएका थिए। पाकिस्तानका साहिबजादा फरहानले ५७ र फखर जमनले ४६ रन बनाए, बाँकी कुनै पनि ब्याट्सम्यान दोहोरो अंक पार गर्न सकेनन्।
भारत-पाकिस्तानको भिडन्तमा हेर्दा, एसिया कप २०२५ मा टिम इन्डियाले १४ दिनभित्र पाकिस्तानलाई तीन पटक हराएको छ। पहिलो लिग चरणमा, त्यसपछि सुपर–४ मा र अब फाइनलमा पनि ५ विकेटले पराजित गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी