नयाँ दिल्ली, २९ सेप्टेम्बर (हिस.)। प्रधानमन्त्री नरेन्द्र मोदीले एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई हराएपछि उक्त जितलाई “अपरेसन सिन्दूर” को परिणामसँग तुलना गर्दै भारतीय क्रिकेट टिमलाई बधाई दिएका छन्। उनका अनुसार, खेलमैदानमा भारतले चलाएको अभियानको नतिजा पनि त्यही भयो - भारतको जित।
म्याच जितेपछि पीएम मोदीले टिमको प्रदर्शनको प्रशंसा गर्दै भने, खेलाडीहरूले जुन समर्पण र रणनीतिसँग खेले, त्यसले देशवासीहरूको गौरव बढाएको छ। उनले यस जितलाई देशकै लागि गर्वको क्षण बताउॅंदै खेलाडीहरूलाई शुभकामना दिएका छन्।
पीएम मोदीले भारतको ऐतिहासिक जितबारे ‘एक्स’ मा लेखे, क्रिकेटको मैदानमा अपरेसन सिन्दूर। परिणाम त्यही हो। हाम्रा क्रिकेट खेलाडीहरूलाई धेरै–धेरै बधाई। यो टिप्पणी भारतको निर्णायक जित र रणनीतिक सफलतालाई राष्ट्रिय गौरवसँग जोड्ने प्रतीकात्मक सन्देशका रूपमा समेत हेरिएको छ।
उल्लेखनीय छ, पहलगाम आतङ्की आक्रमणपछि भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ चलाउँदै पाकिस्तानका आतङ्की ठेगानाहरूलाई नष्ट गरिदिएको थियो। प्रधानमन्त्री मोदीले त्यही प्रसंग स्मरण गर्दै भनेका छन् कि क्रिकेटमा पनि भारतले पाकिस्तानलाई हराएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी