स्कुटी सवारलाई कारले दियो ठक्कर, युवकको मृत्यु
स्कुटी सवारलाई कारले दियो ठक्कर, युवकको मृत्यु


हरिद्वार, 30 सेप्टेम्बर (हि.स.)। कनखल थाना क्षेत्रको गाउँ जमालपुर कलाँमा आज बिहान भएको एक सड़क दुर्घटनामा एकजना युवकको घटनास्थलमा मृत्यु भयो। मृतकको विवाह दुई महिनापूर्व मात्र भएको थियो। यस घटनापछि परिवारमा ठूलो वज्रपात परेको छ।

जानकारी मुताविक जमालपुर कलाँ गाउँको झण्डा चौक निवासी विजय कुमार प्रजापति कुनै कामले स्कुटी मार्फत गइरहेका थिए। विजय ग्यास एजेन्सी नजिक पुगेर दिल्ली नम्बरको एउटा कारले तिनलाई ठक्कर दियो जसमा विजयको घटनास्थलमै मृत्यु भयो। घटनापछि कार चालक घटनास्थलबाट भाग्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले आरोपी कार चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande