दरंग, 30 सेप्टेम्बर (हि.स.)। मंगलदोई जिल्ला कारागारबाट मंगलवार एक कैदी भागेको घटना प्रकाशमा आएको छ। हथकडीसॅंग भागेका कैदीको पहिचान 40 वर्षीय अब्दुल कादिरको रूपमा गरिएको छ।
डिप्रेशनको समस्याको उपचारको लागि गत 28 सेप्टेम्बरमा मंगलदोई अस्पतालमा कैदी अब्दुल कादिरलाई भर्ती गरिएको थियो। अब्दुल कादिर मंगलदोई थाना अन्तर्गत खैरिकाट निवासी हुन्। कादिरलाई मंगलदोई अस्पतालको पुरुष कक्षको 4 नम्बरमा भर्ती गरिएको थियो।
उसको निगरानीको लागि दुईजना होमगार्ड त्यहॉं तैनात गरिएको थियो, तर उनीहरू निदाएको समयमा आरोपी कादिर भागेको बताइएको छ। मंगलदोई थानाको पुलिसले भागेका कैदीको खोजी गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल