सोनापुरको बालीगेटमा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु, चार घाइते
सोनापुरको बालीगेटमा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु


कामरूप, 30 सेप्टेम्बर (हि.स.)। राजधानी गुवाहाटीको सोनापुर थाना अन्तर्गत बालीगेट क्षेत्रमा मंगलवार बिहान भएको एक सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो र अन्य चार घाइते भए।

सोनापुर पुलिस अनुसार, बोलेरो वाहनलाई पछाडिबाट एउटा ट्रकले हिर्काउॅंदा सडक दुर्घटना भयो। दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो, जसको पहिचान मंगलदोई निवासी कमानको रूपमा भएको छ। घाइतेहरूमा पृथ्वीराज श्रेष्ठ, शर्मा पासोंग, चाकलाई पासोंग र जलुवा कमान सामेल छन्।

पुलिसले बताए, बोलेरो वाहन गोलाघाटबाट गुवाहाटी गइरहेको थियो। ट्रकले पछाडिबाट हिर्कायो। दुर्घटनापछि ट्रकसहित चालक भागेका छन्। सूचना पाउनसाथ सोनापुर यातायात पुलिस घटनास्थल पुगेर शव पोस्टमार्टमको लागि पठायो। पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरि जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande