विधानसभा अध्यक्ष कुलदीप सिंह पठानियाले राष्ट्रमण्डल संसदीय सम्मेलनमा भाग लिने
विधानसभा अध्यक्ष कुलदीप सिंह पठानियाले राष्ट्रमण्डल संसदीय सम्मेलनमा भाग लिने


शिमला, 30 सेप्टेम्बर (हि.स.)। हिमाचल प्रदेश विधानसभा अध्यक्ष कुलदीप सिंह पठानिया राष्ट्रमण्डल संसदीय संघद्वारा आयोजित 68औं राष्ट्रमण्डल संसदीय सम्मेलनमा भाग लिनका लागि ब्रिजटाउन (बारबाडोस) तर्फ प्रस्थान भए। यस प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले भारतको प्रतिनिधित्व गर्नेछन्।

यात्राको पहिलो चरणमा पठानिया मंगलवार लण्डनको हिथ्रो हवाईअड्डामा पुगे। उनी 2 अक्टोबरसम्म लण्डनमा अध्ययन प्रवासमा रहनेछन् जहाँ उनले विभिन्न संसदीय कार्यप्रणालीको अवलोकन गर्नेछन्।

विधानसभा अध्यक्षसित विधानसभा उपाध्यक्ष विनय कुमारले पनि सम्मेलनमा भाग लिरहेका छन्। पठानियाले आगामी 5-देखि 12 अक्टोबरसम्म आयोजना हुने सम्मेलनमा सक्रिय रूपमा भाग लिनेछन्।

सम्मेलनमा डिजिटल युगमा लोकतान्त्रिक संस्थाहरूको भूमिका, नागरिकहरूको सहभागिता बढ़ाउने तथा संसद एवं जनताबीचको सेतुलाई सशक्त बनाउने जस्ता विषयहरूमा चर्चा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande