नालन्दा, 30 सेप्टेम्बर (हि.स.)। नालन्दा जिल्लाको दीपनगर थाना क्षेत्र अन्तर्गत नेपुरा गाउँमा नवरात्रि अवधि छात्तीमा कलश राखेर आराधना गरिरहेका श्रद्धालुको मृत्यु भयो।
परिवारले बतायो, श्रद्धालु रामविलासका पुत्र मणीष कुमारले नवरात्रिमा छात्तीमा कलश राखेर आराधना गरिरहेका थिए। सोमवार अबेर राती तिनको स्वास्थ्य बिग्रियो जसलाई उपचारको निम्ति नजिकैको अस्पतालमा लगियो जहाँ तिनको अवस्था झन् बिग्रियो।
उन्नत उपचारको निम्ति बिहारशरीफ मोडल अस्पतालमा रेफर गरियो जहाँ चिकित्सकहरूले मंगलवार तिनलाई मृत घोषित गरिदिए। घटनाक्रमबाट आक्रोशित परिवारले ओपीडी एमरजेन्सीमा तोड़फोड़ गर्नको साथै चिकित्सकहरूमाथि कुटपिट गऱ्यो। यस घटनाक्रमबाट आक्रोशित चिकित्सकहरूले अस्पतालको ओपीडी सेवा ठप्प गरिदिए जसबाट आम मानिसहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।
घटनाक्रमको जानकारी पाउनसाथ बिहारशरीफ थानाको पुलिसले अस्पतालमा पुगेर मानिसहरूलाई सम्झाई-बुझाई शवलाई पोस्टमर्टम गरेपछि परिवारलाई सुम्पिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा