जयपुर, 30 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री भजनलाल शर्माको उदेश्य अनुसार बुधवार अन्तर्राष्ट्रिय वृद्धन दिवसको अवसरमा वरिष्ठ नागरिकहरूलाई सहायक उपकरण वितरण गरिनेछ।
जिल्ला कलेक्टर डा. जितेन्द्र कुमार सोनीले बताए, सक्षम जयपुर अभियान अन्तर्गत जयपुरको जामडो़लीस्थित सामाजिक न्याय विभागमा बुधवार विशेष शिविरको आयोजन गरिनेछ।
सामाजिक न्याय एवं अधिकारिता विभागका संयुक्त निदेशक बी.पी. चंदेलले बताए, राष्ट्रिय वयोश्री योजना अन्तर्गत सक्षम जयपुर योजना अभियान अन्तर्गत वरिष्ठ नागरिकहरूको जीवनलाई सहज तथा सुरक्षित ब नाउनको लागि विभिन्न सहायक उपकरण (व्हीलचेयर, वकिंग स्टिक, कम्मर र घुँड़ाको बेल्ट, सर्वाइकल कलर, बैशाखी, वकर, ट्राईपोड, श्रवण यन्त्र) प्रदान गरिनेछ। अभियानको प्रथम चरणमा 8 अगस्तदेखि 23 सेप्टेम्बर, 2025 सम्म पञ्चायत समिति र नगर निकायहरूमा चिन्हीकरण शिविरहरूको आयोजन गरियो जसमा वरिष्ठ नागरिकहरूले सक्रिय रूपमा भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा