हरिद्वार, 30 सेप्टेम्बर (हि.स.)। श्री पञ्च दशनाम जूना अखाड़ेको छड़ी यात्राको हर की पौड़ीमा गंगा पूजनसितै नगर परिक्रमा शुरू भएको छ।
आज छड़ी सिद्ध पीठ माया देवीको पूजा अर्चना पश्चात अखाड़ेका वरिष्ठ सभापति श्रीमहन्त प्रेम गिरि महाराज, वरिष्ठ उपाध्यक्ष श्रीमहन्त केदारपुरी महासचिव श्रीमहन्त महेश पुरी, श्री महन्त शैलेन्द्र गिरी श्रीमहन्त महाकाल गिरी, श्रीमहन्त आदित्य गिरीको नेतृत्वमा बाल्मीकि चौक, शिव मूर्ति चौक, तुलसी चौक हुँदै दक्ष मन्दिर कनखल पुग्यो जहाँ पवित्र छड़ीलाई गंगा स्नान गराइए पश्चात भगवान शिवको अभिषेकको लागि दक्ष मन्दिरको गर्भमा लगियो।
नागा सन्यासीहरूले वैदिक विधि विधानपूर्वक भगवान शिवको पूजा अर्चना गरी जलाभिषेक गरियो तथा पवित्र छड़ी यात्राको सकुशल निर्विघ्न सम्पन्न होस् भनी प्रार्थना गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा