पुरी श्रीमन्दिर वरपरको मदिरा र मांसाहारी पसलहरूमाथि प्रतिबन्ध लगाइनेछः ओडिशा सरकार
पुरी श्रीमन्दिर वरपरको मदिरा र मांसाहारी पसलहरूमाथि प्रतिबन्ध लगाइनेछः ओडिशा सरकार


भुवनेश्वर, 30 सेप्टेम्बर (हि.स.)। ओडिशा सरकारले पुरी श्रीजगन्नाथ मन्दिर वरपर मदिरा अनि मांसाहारी पसलमाथि कड़ा रोक लगाउने फसेला लिएको छ।

राज्यका आबकारी मन्त्री पृथ्वीराज हरिचन्दनले मंगलवार घोषणा गरे, श्रीमन्दिरदेखि एक किलोमीटरको दायराभित्र मदिरा पसल राख्ने अनुमति दिइनेछैन। यसरी नै ‘बड़दांड’ (ग्रैंड रोड) र योसित जोड़िएका स-सानो गल्लीहरूमा पनि मदिरा र मांसाहारी सामान बच्ने पसलहरूलाई पूर्ण रूपले प्रतिबन्ध लगाइनेछ।

मन्त्रीले भने, यो कदम मन्दिर क्षेत्रको आध्यात्मिक गरिमालाई कायम राख्न अनि तामसिक गतिविधिहरूलाई रोक्ने उदेश्यले उठाइएको हो। उनले स्पष्ट पारे, यो निर्देश चाँड़ै लागू हुनेछ अनि कड़ाईपूर्वक लागू गरिनेछ।

उनले भने, श्रीमन्दिरदेखि एक किलोमीटरको घेराभित्र मदिराको बिक्रीमाथि रोक लगाइएको छ। बड़ा दण्डा अनि योसित सम्बन्धित गल्लीहरूमा पनि मदिरा र मांसाहारी वस्तुहरू बिक्री गर्ने अनुमति दिइनेछैन। निर्णय लिसकिएको छ र चाँड़ै लागू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande