भोपाल, 30 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ दिल्लीका पूर्व प्रदेश अध्यक्ष विजय कुमार मल्होत्राको मंगलवार बिहान दिल्लीको एम्स अस्पतालमा 93 वर्षको उमेरमा निधन भयो। मध्य प्रदेशका मुख्यमन्त्री डा. यादवले उनको निधनमा दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री डा. यादवले सोशल मीडियाको माध्यमबाट आफ्नो शोक सन्देशमा भने, संगठनको आधारलाई सशक्त बनाउनमा समर्पित मल्होत्राजीको सम्पूर्ण जीवनले असंख्य कार्यकर्ताहरूलाई प्रेरित गरिरहने छ। उनले बाबा महाकालसित दिवंगत पुण्यात्मालाई आफ्नो श्रीचरणमा स्थान तथा परिवारलाई यो गहन दुःख सहन गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा