पूर्वी सिंहभूम, 30 सेप्टेम्बर (हि.स.)। परसुडीह थाना क्षेत्रको बारीगोड़ास्थित कृति मैदान नजिक गए सोमवार अबेर राती एकजना 16 वर्षीय किशोरी सिमरन लोहारले फाँसी लगाएर आत्महत्या गरिन्। भनिन्छ, सिमरनले मृत्युपूर्व कसैसित फोनमा बातचित गरेकी थिइन्। बातचित भएको केही क्षणपछि नै उसले आफ्नो कोठामा दुपट्टाको फन्दा बनाएर आत्महत्या गरिन्।
पिता राकेश लोहारले बताए, सिमरनको नजिकैबाट एउटा मोबाइल फोन भेटिएको छ जुन परिवारको कुनै पनि सदस्यले दिएको होइन। हाल यो स्पष्ट हुन सकेको छैन कि सिमरनले आत्महत्या किन गरिन्। परिवारमा तीनजना दिदी-बहिनीहरूमध्ये सिमरन मझौली थिइन्। पुलिसले मोबाइलको जाँच गरेर यो पत्तो लगाउने चेष्टा गरिरहेको छ, उसले अन्तिम पटक कोसित बातचित गरेकी थिइन् र उसको मृत्युको कारण के थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा