बिजापुरदेखि उत्तरप्रदेशका तीनजना फेरिवाल भए बेपत्ता, परिवारले नक्सलीहरूसित रिहा गर्ने अपील गऱ्यो
बिजापुरदेखि उत्तरप्रदेशका तीनजना फेरिवाल भए बेपत्ता, परिवारले नक्सलीहरूसित रिहा गर्ने अपील गऱ्यो


बिजापुर, 30 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बिजापुरदेखि उत्तर प्रदेशका तीनजना फेरिवाल रहस्यमय ढंगमा बेपत्ता भएका छन्। सबै फेरिवाल उत्तरप्रदेशबाट गाउँ-गाउँमा घुमेर कपड़ा बेच्नको लागि बिजापुर आएका थिए। तीनजना अलग-अलग क्षेत्रबाट हराएका छन्। चिन्तित परिवारले यिनीहरूलाई खोजिरहेको छ। यी तीनमध्ये दुईजना बेपत्ता भएको 45 दिन बितिसकेको छ भने तेस्रो हराएको 15 दिन बितिसकेको छ। यी तीनैजनालाई नक्सलीहरूले अपहरण गरेको हुनसक्ने आशंका पनि व्यक्त गरिँदैछ। किनभने यिनीहरू नक्सली प्रभावित क्षेत्रबाटै हराएका थिए।

प्राप्त जानकारी अनुसार उत्तरप्रदेश निवासी अल्ताफ र शोएब 45 दिनपूर्व कम्बल अनि तिरपाल लिएर बासागुड़ा क्षेत्रमा बेच्न गएदेखि फर्केका छैनन्। तेस्रो युवक इमरान पनि सामान लिएर 15 दिनअघि मद्देड़ क्षेत्र बन्देपाराबाट हराएका छन्। यिनीहरूको परिवार चिन्तित भएको छ। परिवारका सदस्यहरूले नक्सलीहरूसित अपील गरेका छन्, यदि यिनीहरू उनीहरूसित छन् भने रिहा गरियोस् किनभने उनीहरू जीवन यापनको लागि उत्तरप्रदेशदेखि बिजापुर आएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande