ट्रक र ट्रेलर आपस्तमा ठोक्किएर आगो लाग्यो, चालक जिउँदै जल्यो
ट्रक र ट्रेलर आपस्तमा ठोक्किएर आगो लाग्यो, चालक जिउँदै जल्यो


जयपुर, 30 सेप्टेम्बर (हि.स.)। जयपुर ग्रामीण जिल्लाको दूदू क्षेत्रमा मंगलवार बिहान नेशनल हाइवे-48 मा नायरा पेट्रोल पम्प नजिक ट्रक र ट्रेलर आपस्तमा ठोक्कियो। ठक्करपछि ट्रेलर सड़कमा पल्टियो अनि दुवै वाहनमा आगो लाग्यो जहाँ एकजना चालक जिउँदै जले भने ट्रकमा सवार अन्य दुईजना पनि गम्भीर रूपमा घाइते भए।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि पानीको ट्यांकरले आगोलाई निभायो। स्थानीय मानिसहरूले ट्रकमा फसेका मानिसहरूलाई बाहिर निकालेर दूदूको उपजिल्ला अस्पतालमा पुऱ्याए जहाँ गम्भीर घाइतेहरूको उपचार भइरहेको छ। यस नेशनल हाइवेको दुवैतिर लामो जाम लाग्यो। पुलिसले क्षतिग्रस्त वाहनहरूलाई साइड गर्न लगाएर यातायातलाई सुचारू बनायो।

थानाधिकारी मुकेश कुमारले बताए, बिस्किटले भरिएको ट्रक जयपुरदेखि अजमेर तर्फ आइरहेको थियो। अचानक ट्रक अनियन्त्रित भएर डिभाइडरलाई भत्काएर टाइल्सले भरिएको ट्रेलरसित ठोक्कियो। ठक्करपछि दुवै वाहनमा आगो लाग्यो। हाल पुलिसले घटनाको जाँच गरिरहेको छ साथै मृतकहरूको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande