बिजापुर, 30 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बिजापुर जिल्ला मुख्यालयमा लापरवाही पूर्वक स्टन्टबाजी गर्ने पाँचजना युवकहरूलाई पुलिसले हिरासतमा लिएर कानूनी कारबाही गरेको छ। सोशल मीडियामा भाइरल एउटा भीडियोमा नीलो रंगको एक्टिभामा सवार पाँचजना युवकहरूले बिना हेलमेट खतरनाक स्टन्ट गरिरहेको देख्न सकिन्छ। भीडियोमा गए राती मुख्य राजमार्गमा ट्राफिक नियमहरूको खुल्ला उल्लंघन गरिएको थियो। भीडियो भाइरल हुनसाथ पुलिस अधीक्षक डा. जितन्द्र कुमार यादवको निर्देशनमा थाना कोतवाली बिजापुर र यातायात पुलिसले तत्काल कारबाही गर्दै चारैजना युवकहरू, एकजना नाबालिक र वाहन मालिकलाई हिरासतमा लियो। सबैविरूद्ध मोटरयान अधिनियमका विभिन्न धाराहरू अन्तर्गत कानूनी कारबाही गरियो।बीजापुर पुलिसले युवाहरूसित अपील गर्दै भने, एक पलको रोमाञ्च जीवनभरिको लागि पश्चताप बन्नसक्छ। हेलमेट नलगाउनु, ट्राफिक नियमहरूलाई अदेखा गर्नु, पल भरको रोमाञ्चको लागि ज्यानलाई जोखिममा राखेर स्टन्ट गर्नु बहादुरी होइन, लापरवाही हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा