पानीपतः अवैध देशी पेस्तोल सहित युवक पक्राउ
पानीपतः अवैध देशी पेस्तोल सहित युवक पक्राउ


पानीपत, 30 सेप्टेम्बर (हि.स.)। पानीपत पुलिस टीमले चौटाला रोडमा एकजना युवकलाई अवैध देशी पेस्तोल सहित पक्राउ गरेको छ। सीआईए थ्री प्रभारी इन्स्पेक्टर विजयले बताए, उनको टीमले सोमवार साँझ सिवाह बसअड्डामा गस्ती गरिरहेको थियो। यसै अवधि सूचना प्राप्त भयो, संदिग्ध किसिमको एकजना युवक चौटाला रोडस्थित पावर हाउसमा बसिरहेको छ। युवकसित अवैध हतियार हुनसक्छ। त्यसपछि पुलिस टीमले तत्कालै घटनास्थलमा पुगेर युवकलाई हिरासतमा लियो।

जाँचबुझमा युवकलो आफ्नो पहिचान अजय निवासी जवाहरा सोनीपत बतायो। जाँच गर्दा उसले लगाएको लोयरबाट एउटा देशी पेस्तोल जफत गरियो। देशी पेस्तोललाई खोलेर हेर्दा अनलोड पाइयो। प्रभारी इन्स्पेक्टर विजयले बताए, जाँचबुझमा आरोपी अजयले पुलिसलाई बतायो, उसलाई अवैध हतिया राख्ने शौक छ।

यसै शौकलाई पूरा गर्नको लागि एक महिनापूर्व गाउँ परढाना निवासी सञ्जीतबाट उक्त बन्दुक लिएको हो। आरोपी सञ्जीत हत्याको मामिलामा पानीपत जेलमा बन्द छ। पुलिसले आरोपी अजयविरूद्ध थाना औद्योगिक सेक्टर 29-मा आर्म्स एक्ट अन्तर्गत अभियोग दर्ता गरी मंगलवार जाँचबुझपछि आरोपीलाई न्यायालयमा पेश गरियो जहाँबाट उसलाई न्यायिक हिरासतमा पठाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande