युवकमाथि लट्ठीले हमला, नौजनाको नाममा र एक अज्ञात मुद्दा दर्ता
युवकमाथि लट्ठीले हमला, नौजनाको नाममा र एक अज्ञात मुद्दा दर्ता


हरिद्वार, 30 सेप्टेम्बर (हि.स.)। पिरान कलियर थाना क्षेत्रको धनौरीमा गत आइतवार राती जातिसूचक शब्द बोलेकोमा विरोध गर्दा एकजना युवकलाई लौरो अनि धारिलो हतियारले हमला गरी ग म्भीर रूपमा घाइते बनाएको मामिला सामु आएको छ। घाइतेलाई प्राथमिक उपचारपछि गम्भीर अवस्थामा एम्समा रेफर गरियो। पीड़ित पक्षको रिपोर्टमा पुलिसले आज एक अज्ञात सहित नौजना मानिसहरूको नाममा मुद्दा दर्ता गरी जाँच गरिएको छ।

धनौरी निवासी अंकितले पुलिसलाई बताए, गत आइतवार राती लगभग 8 बजे उसको भाइ अमित घर बाहिर बसिरहेको थियो। त्यसै बेला धनौरी निवासी विपिन उपनाम छोटु, अंकित, विनीत, सिकु, गोपाल, सञ्जय र सानुले दौलतपुर निवासी आफ्नो साथी कुलदीप, रवि र अन्यलाई घटनास्थलमा बोलाए।

आरोप छ, सबैले मिलेर अमित कुमारलाई गाली गर्दै लौरो अनि हतियारले हमला गरे। विरोध गर्दा आरोपीहरूले अमितलाई जातिसूचक शब्त प्रयोग गरेर मरूञ्जेल कुटे। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande