शिवपुरीः 54 लीटर अवैध देशी मदिरासितै आरोपी पक्राउ, मामिला दर्ता
शिवपुरीः 54 लीटर अवैध देशी मदिरासितै आरोपी पक्राउ, मामिला दर्ता


शिवपुरी, 30 सेप्टेम्बर (हि.स.)। मध्‍य प्रदेशको शिवपुरी जिल्लामा आबकारी विभागद्वारा अवैध मदिरा बिक्रीविरूद्ध कारबाही जारी छ। यसै क्रममा कलेक्टर रवीन्द्र कुमार चौधरी एवं सन्दीप शर्मा उपायुक्त आबकारी, सम्भागीय उड़न दस्ता, ग्वालियरको निर्देशानुसार शुभम दांगोड़े, जिल्ला आबकारी अधिकारीको मार्गदर्शनमा मंगलवार कारबाही गर्दै शिवपुरीको ग्वालियर बाइपास क्षेत्रमा सुराकीको पिनपोइन्ट सूचना देशी मदिराको गोदाम नजिकबाट एकजना व्यक्तिलाई 54 लीटर देशी मदिरासितै पक्राउ गरी धारा 34 (2) मध्यप्रदेश आबकारी अधिनियम 1915 को प्रकरण पञ्जीबद्ध गरियो। यस कारबाहीमा अवैध मदिरा पनि जफत गरियो। वृत्त शिवपुरी प्रभारी डा. तिर्थराज भारद्वाज आबकारी उपनिरीक्षक , काशीराम ,मुकेश माहौर एवं डोंगर सिंहको टीम पनि यस कारबाहीमा सामेल रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande