शहरलाई ट्राफिक जाममुक्त बनाउनु प्रशासनको प्राथमिकता होः उपायुक्त
शहरलाई ट्राफिक जाममुक्त बनाउनु प्रशासनको प्राथमिकता होः उपायुक्त


पानीपत, 30 सेप्टेम्बर (हि.स.)। पानीपतमा मंगलवार उपायुक्त डा. वीरेन्द्र कुमार दहियाले जिल्ला रोड सेफ्टी कमिटी तथा सुरक्षित वाहन स्कूल पोलिसीको लागि आधिकारिक बैठक गरे। बैठकमा 15 सूत्रीय एजेण्डामाथि गम्भीर रूपमा चर्चा गर्दै शहरलाई सफा र ट्राफिक जाम मुक्त बनाउनेमाथि बल दिइयो। उपायुक्तले अधिकारीहरूलाई निर्देश दिए, ट्राफिक व्यवस्थामा सुधार ल्याउन, सड़क दुर्घटनाहरूलाई कम गर्न तथा अवैध पारिंगलाई रोक्नको लागि कड़ा कदम उठाइयोस्। उनले यो पनि स्पष्ट पारे, नागरिकहरूको सुविधा अनि सुरक्षा प्रशासनको सर्वोच्च प्राथमिकता हो। बैठकमा केही नयाँ विषयहरूलाई पनि सामेल गरियो जसमा पानीपतको रिंग रोड निर्माणको प्रस्तावलाई एनएच-44 का अधिकारीहरूको माध्यमबाट उच्च स्तरमा पछाउने निर्देश सामेल थियो। यो रिंग रोड शहरभित्र ट्राफिक दबावलाई कम गर्ने उदेश्यले प्रस्तावित गरिँदैछ। उनले अड-इभन नियमहरूलाई कड़ाईपूर्वक लागू गर्ने निर्देश पनि दिए ताकि वायु प्रदूषण र यातायात दुवैमाथि नियन्त्रण गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande