हल्द्वानी, 30 सेप्टेम्बर (हि.स.)। हल्द्वानी। उत्तरकाशीको जोशियाड़ा ब्यारेजबाट पत्रकार राजीव प्रतापको शव उद्धार गरिएको छ। राजीव दश दिनदेखिको रहस्यमयी परिस्थितिमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएदेखि नै पत्रकार जगतमा गहिरो चिन्ता तथा आक्रोश व्याप्त भएको थियो। राजीव प्रतापले लगातार डिजिटल मीडियाको माघ्यमबाट भ्रष्टाचारलाई उजागार गरिरहेका थिए। यस्तो अवस्थामा उनको संदिग्ध मृत्युले केही प्रश्नहरू तेर्साएको छ।
घटनापछि पत्रकारहरूमा व्यापक रोष व्याप्त भएको छ। हल्द्वानीमा पत्रकारहरूले ठूलो संख्यामा सिटी म्याजिस्ट्रेट कार्यालयमा भेला भएर सिटी म्याजिस्ट्रेटलाई मुख्यमन्त्रीको नाममा ज्ञापन सुम्पिए। सरकारसित यस मामिलामा उच्चस्तरीय जाँच गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा