औरैया, 30 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा औरैया जिल्लाको कुदरकोट थाना क्षेत्र स्थित एउटा गाउँको घऱमा सोमवार अबेर राति चोरहरूले घरबाट लाखौं रूपियाँको गर गहना, नगदी र अन्य सर समान चोरे। मंगलवार बिहान घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र जाँच शुरू गऱ्यो।
थानाध्यक्ष रामबालक शुक्लाले बताए, चंहैया बाग गाउँ निवासी शिशुपाल यादव आफ्नी आमा प्रेमश्रीको साथ गए राति घर बाहिर आंगनमा सुतिरहेका थिए। उनकी पत्नी जौली र नानीहरू आंगनमा कूलर निकट सुतिरहेका थिए। यसबीच अबेर राति चोरहरू खेतको बाटो घरको पछाड़ीको पर्खाल नाघेर कमरामा पसे। चोरहरूले कमराको दैला भित्रबाट बन्द गरी अलमाली, बक्सा र सुटकेटको ताला तोड़ेर त्यसमा राखिएको गहना र नगदी चोरे।
पीड़ित अनुसार, चोरले लाखौं रूपियाँको सुन-चांदीको गहनाको साथ लगभग 80 हजार रूपियाँ नगदी, लुगा र आवश्यक कागजपत्र लुटे। यसबीच चोरीको सुइको घरमा सुतिरहेको कुनैपनि सदस्यले पाएन, यो छक्क पार्ने कुरा हो। यसबीच खेत गएका सूरज सिंहका छोरा संदीपले केही लुगा र आधार कार्ड खेतमा देख्यो तर पीड़ित शिशुपाललाई यसको जानकारी दियो।
हिन्दुस्थान समाचार / भवानी थामी