गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। उत्तर सिक्किममा चट्याङको चपेटमा परेर एक महिलाको निधन भएको छ भने एक व्यक्ति घाइते भएका छन्। घटना जङ्गुको अप्पर सागयोङमा सोमवार राति घटेको हो।
जानकारी अनुसार, सोमवार अबेर राति भारी वर्षाबीच चट्याङको चपेटमा परेर एक 42 वर्षीय महिलाको निधन भयो। यस घटनामा मृतककी पति घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा उनलाई पहिला मंगन जिल्ला अस्पताल लगियो, जहॉंबाट उनलाई एसटीएनएम रेफर गरिएको छ। दम्पतिको एक दुधमुखे नानी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल