गान्तोक, 30 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्गा पूजाको शुभ अवसरमा आफ्नी आमासॅंग भेट गरेर आशीर्वाद दिएका छन्। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण कुमारी राई र छोरी पनि थिए।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा आफ्नी आमासॅंग भेट गरेर आशीर्वाद लिएको जानकारी गराएका छन्। उनले उहाँको उपस्थितिमा रहनु, उहाँको माया र आशीर्वाद प्राप्त गर्नुले यो उत्सवको दिनलाई हाम्रो लागि अझ अर्थपूर्ण र सन्तुष्टिपूर्ण बनायो भनी उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल